२५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन हुन सक्ने

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७७
corona update

पोखरा, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन् ।

उनले सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने भन्दै सोअनुसार सिफारिस गरिने बताए ।

उनका अनुसार गएको २४ घण्टामा नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ४ सय १४ छ।

यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ।

बुधबार नेपालमा ७ सय ४६ पुरुष र ४ सय २६ महिलामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ६ सय २७ भेटिए । नेपालमा कुल संक्रमित संख्या ६७ हजार ८ सय ४ पुगेको छ । तीमध्ये ४९ हजार ९ सय ५४ निको भए ।

गएको २४ घण्टामा ७ जनाको ज्यान गयो । कुल मृत्यु हुनेको संख्या ४ सय २६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान…
  • इन्टरबटालियन भूपू भलिबलको उपाधि १/५ जिआरलाई

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । पोखरामा आयोजित इन्टरबटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ को उपाधि १/५ जिआरले जितेको छ । भारतीय दूतावास पेन्सन वितरण कार्यालय…
  • व्यवसायी र बैंकको सम्बन्ध बिग्रिएकोमा चिन्ता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । ‘ऋण लिएको भोलि पल्टदेखि बैंक र ऋणीको सम्बन्ध बिग्रन्छ,’ पर्यटन व्यावसायी गणेशबहादुर थापाले बुधबारको एक कार्यक्रममा चिन्ता व्यक्त…
  • गण्डकीको हिउँदे अधिवेशन सुरु

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । असोज १२ देखि रोकिएको अधिवेशन झण्डै ६ महिनापछि…
  • प्रतिभाले जित्यो एक्सपर्ट पोखरा कप क्रिकेटको उपाधि

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट…

hero news full width