जडीबुटी खेती गर्नेलाई निः शुल्क बिरुवा

रासस
असाेज ५, २०७७

इलाम,५ असोज । किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले विरुवा वितरण गर्न लागेको हो ।

केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार विरुवा रहेका छन् । ती मध्येबाट एक लाख विरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । ‘हामीले कम्तिमा पनि एक लाख विरुवा वितरण गर्छौ’ केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले भने, ‘हामीले वीउ दल चाहिँ करीव एक लाख पाँच हजार विरुवा गरेका छौं । कीरा लागेमा वा रोग परेर पाँच हजार जति विरुवा मरेपनि एक लाख विरुवा चाहिँ बाड्ने लक्ष्यमा छौं ।’ केन्द्रले यही असोज मसान्तसम्ममा कृषकलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । किसानका लागि वितरण गर्न केन्द्रसँग लौठ सल्ला ३० हजार, सिल टिमुर ३० हजार, तेजपत्ता १० हजार, वोक टिमुर ५ हजार र किवी पाँच हजार विरुवा रहेका छन् ।

केन्द्रको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी वनस्पति उद्यानबाट विरुवा वितरण गरिने छ । ‘हामीले किसान आह्वान गर्छौ । किसानको खेतबारीको स्थलगत सर्वेक्षण गरेपछि विरुवा दिन्छौ’, उनले भने, ‘सर्वेक्षण गर्दा उपयुक्त हावापानी भएको वारीमा विरुवा वितरण गर्छौ ।’ किसानलाई औषधिजन्य वनस्पतिको खेतीको जानकारी र प्रोत्साहनका लागि केन्द्रले विरुवा वितरण थालेको हो । यस बर्षको गत भदौ सम्ममा मात्रै ४२ हजार विरुवा केन्द्रले स्थानीय तहमार्फत वितरण गरेको छ । ‘बर्षेनी विरुवा वितरण बढिरहेको छ ।’ अधिकृत पाण्डेले भने, ‘अहिले आह्रवान गरेको सूचना आउँदो बर्ष वितरण गर्नका लागि हो’, पाण्डेले भने, ‘हामीले किसानलाई विरुवा दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्छ । त्यही भएर एक बर्षअघि नै सूचना निकालेका हौं ।’ केन्द्रका अनुसार जिल्लाका उच्च पहाडी क्षेत्रमा वहुमूल्य वनस्पति लगाउन अझै किसानमा सचेतनाका कार्यक्रम नभएकाले प्रोत्साहन स्वरुप कार्यक्रम ल्याइएको हो । यस्ता वनस्पतिको बजार राम्रो भएपनि जिल्लामा कम मात्र खेती गरिँदै छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width