प्रशासनले तोक्यो प्याजको मूल्य

रासस
असाेज ५, २०७७
Onion

वीरगञ्ज, ५ असोज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरूले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरूकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो ।

वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरूलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरूले राहत पाएको उपभोक्ता विजय पण्डितले राससलाई बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरूबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए । स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी रु ६५ र खुद्रा मूल्य प्रतिकेजी रु ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसअघि व्यापारीहरूले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी रु १०० मा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ । यसका साथै व्यापारीहरूले आलु, प्याजलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारवाही गरिने जनाइएको छ । वीरगञ्जमा थोक तथा खुद्रा बिक्रेताको सङ्ख्या ५०० को हाराहारीमा छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएपछि वीरगञ्ज नाका हुँदै एउटा पनि प्याज बोकेको ंट्रक नेपाल भित्रिएको छैन । यसअघि वीरगञ्ज भन्सार नाकाबाट दिनको तीन ट्रकभन्दा बढी प्याज नेपाल भित्रिने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए । यता प्याजको अभाव हुन थालेपछि सिमावर्ती नाका रक्सौलबाट तस्करहरूले साइकलमा राखी नेपालतर्फ प्याजको तस्करी गर्न थालेको पाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • घान्द्रुकमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । त्यहाँ अन्नपूर्ण–२, नौडाँडा स्थित धौलागिरी लघुवित्त वित्तीय…
  • पोखरा १३ मा रोजगार मेला

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । पोखरा १३ मा शुक्रबार जब फेयर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको आयोजनामा उक्त…
  • ६ वर्षमा ३५ हजार साना उद्योग थपिए   

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    गण्डकी ।  पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग,…
  • कोदोबाट बिस्कुट उत्पादन, बजारको माग धान्नै मुस्किल   

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    गलकोट ।  पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला…

hero news full width