विद्यालयको वार्षिकोत्सवमा साझा संवाद

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७

पाल्पा । दमकडा माविले स्थापनाको ६४ औं वार्षिकोत्सव भर्चुअल साझा संवाद कार्यक्रम गरी मनाएको छ ।

कोभिड–१९ ले भौतिक उपस्थितिमा वार्षिकोत्सव आयोजना गर्न नपाएपछि विद्यालयले जुम सफ्टवयर प्रयोग गरी ‘दमकडा हिजो, आज र भोलि’ साझा संवाद कार्यक्रम गरको हो ।

दमकडा कन्क्लेभ’ विषयक सो छलफलमा मन्त्री, सचिव, शिक्षाविद्, शिक्षक र विद्यार्थीहरूले भाग लिए ।

कार्यक्रममा ‘दलानदेखि छाप्रोसम्म, देउरालीदेखि दमकडासम्म’ विषयमापूर्व प्रधानाध्यापक राधाकृष्ण शर्मा, स्थापनाकालका विद्यार्थी तारानाथ सुवेदी र इतिहासविद् प्राडा भवेश्वर पंगेनीबीच आधुनिक शिक्षाका सन्दर्भमा देउरालीमा सञ्चालित पाठशालाका बारेमा छलफल भएको परेवालाई जानकारी प्राप्त भएको छ ।

विद्यार्थी वीनिता पराजुलीले सहजीकरण गरेको त्यो सत्रमा २०१३ सालमा समुदायको त्यो उत्साहपूर्ण विद्यालय सञ्चालन गर्ने अठोट सबैका लागि प्रेरणादायी अभियान भएको बताए ।

‘शैक्षिक पहिचान, दमकडा माविको वर्तमान’ विषयमा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीबीच प्यानल छलफल भयो ।

पूर्व विद्यार्थी लक्ष्मण देवकोटाले सहजीकरण गरेको त्यो शत्रका सहभागीहरूले नेपालका सामुदायिक विद्यालयहरूमा दमकडा माध्यमिक विद्यालय हातका औंलामा गन्न सकिने अवस्थामा पुग्ने विश्वास गरेका छन् ।

‘शिक्षामा सरकार र समुदायको लागत, दमकडा माविको सुनौलो आगत’ विषयक दमकडा कन्क्लेभमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेशकुमार अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयका सचिव टेकनारायण पाण्डे र पूर्व विद्यार्थी विनोद रेग्मीले भाग लिए ।

पूर्व विद्यार्थी अच्यूत पाण्डेयले सहजीकरण गरेको यो सत्रका सहभागीहरूले कक्षाकोठामा सिकाईलाई केन्द्रित र सुविधा सम्पन्न विद्यालय निर्माण गर्न सके दमकडाको भविष्य छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले विद्यालयले नविनतम् आयामहरू र विषयहरू सञ्चालन गर्दै जाने हो भने पाल्पालाई शैक्षिक केन्द्र बनाउने अभियानमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पाटन उच्च अदालतका न्यायाधीश सरलाकुमारी पाण्डे, जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्याल, विद्यालयका पूर्व प्रधानाध्यापक श्रीधरप्रसाद घिमिरे, दुर्गाप्रसाद अर्याल, स्थानीय जनप्रतिनिधि वीनिता लुइँटेल, पूर्व विद्यार्थीले अनुभव र भविष्यमा विद्यालयले गर्न सक्ने योजनाका बारेमा धारणा प्रस्तुत गरे ।

छलफलमा विद्यालयको इतिहास भिडियो सामग्री, कोभिड १९ मा सञ्चालित वैकल्पिक शिक्षा सम्बन्धी वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक जीवन आचार्य र प्रकाश पंगेनीको सञ्चालन, अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षतामा चलेको थियो ।

विद्यालयले वार्षिकोत्सव अवसरमा जिल्लास्तरीय अनलाइन कविता प्रतियोगिता समेत आयोजना गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width