१३ औं संस्करणको आईपीएल सुरु हुँदै, उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
13 th IPL

तस्बीर साभार : स्पोर्ट्सलञ्ज डट को डट इन्डिया

पोखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ ।

१३ औं संस्करणको आईपीएल आजबाट यूएईमा सुरु हुन लागेको हो । युएईको अबुधाबीमा हुने सिजनको पहिलो (उद्घाटन) खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

शेख जायद स्टेडियममा प्रतियोगिताको पहिलो खेल खेल्दा मुम्बई सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ ।

यता महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई उद्घाटन खेलमा जित निकाल्दै गत सिजन फाइलनमा हार व्यहोरेको बदला लिने योजनामा छ ।

मुम्बई र चेन्नइबीचको पछिल्लो ५ खेलको नतिजा हेर्दा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनल खेलमा पनि मुम्बईले चेनईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width