गण्डकी बहुप्राविधिकका विद्यार्थीलाई वडाको छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
gandaki Multytechnical School

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालहरुले छात्रवृत्ति दिने भएका छन् ।

वडा १३ बाट वडाका स्थायी निवासी एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट तीन वर्षे कोर्ष छात्रवृत्ति प्रदान गरिने भएको छ ।

यसैगरी वडा २७ ले पनि अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिएर छात्रवृत्ति उपलब्ध गराउने बताएको छ । वडा २८ का अध्यक्ष निर्मल दियाली सुनारले आफ्नो वडाका २ जनालाई निःशुल्क पढाउने बताएका छन् ।

वडा नम्बर ५, ७, १३,१८,२०,२१,२४,२६,२७, २८,२९,३०,३१ का वडा अध्यक्षहरुले प्रवेश परीक्षामा उत्तीर्ण हुने एक जना आफ्नो वडामा स्थायी बसोबास भएकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउने पोखरा महानगरपालिका शिक्षा महाशाखाले बताएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयले सिटिइभिटीबाट छनोट भएका प्रति सङ्काय ४ जना, प्रवेश परीक्षा उत्कृष्ट हुने प्रति सङ्काय एकजना, महानगर छात्रवृत्ति प्रति सङ्काय ५ जना तथा महानगर सहुलियत कोटामा ६ जनालाई छात्रवृत्ति प्रदान गरिने शिक्षालय सञ्चालक समितिका सदस्य एव वडा नम्बर २९ का अध्यक्ष चेतबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width