प्रेस युनियन कास्कीलाई स्वास्थ्य सामग्री सहयोग

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
photo 2

पोखरा, २ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा पोखरा ५ निवासी नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छन् ।

कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागि उनले प्रेस युनियन कास्कीलाई उक्त सामग्री सहयोग गरेकी हुन् ।

उनले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र कोषाध्यक्ष विजय लम्साललाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन् ।

नेपाली काँग्रेस कास्कीका नेता विजयराज आचार्य, फणिन्द्र कोइराला, नेपाल औषधी व्यवसायी संघ गण्डकी उपाध्यक्ष झलक शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् यज्ञराज पौडेलको उपस्थितिमा ति सामग्री हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width