पोखरामा फेरि थपिए ४ संक्रमित

आदर्श समाज सम्वाददाता
असाेज १, २०७७
Corona_2

पोखरा, १ असोज । पोखरामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय ६ पुगेको छ ।

प्रदेश स्वास्थ निर्देशनालय, पोखराले बिहीबार दोस्रो विज्ञप्तिमार्फत् कास्कीको पोखराका ४ र तनहुँको व्यासका १ गरी ५ संक्रमित थप भएको जनाएको हो ।

जसमा पोखरा वडा ५ की ५२ वर्षीया महिला, वडा १० की ३४ वर्षीया महिला, वडा १८ का १९ वर्षीय पुरुष र ८ का ३४ वर्षीय पुरुष संक्रमित भएका हुन् । तनहुँको व्यास–४ की ३६ वर्षीया महिला समेत संक्रमित भएकी छन् ।

यसअघि, बिहीबार बिहान पनि पोखरामा ४ जनासहित गण्डकीमा २३ संक्रमित भेटिएको पुष्टि भएको थियो ।

गण्डकीमा संक्रमितमध्ये १ हजार ९ सय ३५ जना निको भइ घर फर्केका छन् । ३१ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width