बाल यौन दुव्यर्वहार अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
rape-balatkar

पोखरा, ३० भदौ । बालिकालाई यौन दुव्यर्वहार गरेको अभियोगमा कास्की प्रहरीले पोखरामा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा ७, प्रगतिटोल बस्ने ५२ वर्षीय टीकाबहादुर दमै हुन् ।

निजले सोमबार दिउँसो करणीको आशय राखी १० वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको जाहेरी आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई सोही दिन पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

पक्राउ परेका दमैविरुद्ध बाल यौन दुव्यर्वहार कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास हमालले जानकारी दिए ।

कोरोना महामारीसँगै लामो समयसम्म जारी बन्दाबन्दीको बेला पोखरामा यौन दुव्यर्वहार एवं बालिका तथा महिला बलात्कार घटना एकपछि अर्को सार्वजनिक हुँदै गएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width