इङ्लिस प्रिमियर लिगमा सेफिल्डमाथि वल्भ्सको सहज जित

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
Wolves, English Primiere League

तस्बीर साभार :  कन्ट्री प्रेस डट को डट युके

पोखरा । इङ्लिस प्रिमियर लिगमा वल्भ्सले सेफिल्ड युनाइटेडमाथि सहज जित हात पारेको छ ।

पाहुना टोली वल्भ्सले सेफिल्डमाथि उसकै घरेलु मैदानमा २–० को सहज जित हात पारेको हो ।

सोमबार राति भएको खेलमा वल्भ्सको जितमा राउल जिमिनेज र रोमेन सइसले १/१ गोल गरे । खेलको ६ मिनेटमै वल्भ्सले २–० को अग्रता नै वल्भ्सको जित निश्चित बन्यो ।

खेलको तेस्रो मिनेटमै राउल जिमिनेजको गोलमा वल्भ्सले अग्रता लिएको थियो । राउलको गोलमा ड्यानियल पोडेन्सले एसिस्ट गरेका थिए । पेनाल्टी बक्सभित्र अनमार्कमै रहेको अवस्थामा पोडेन्सले जिमिनेजलाई बल क्रस गरेका थिए । जिमिनेजले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तस्बीर साभार : सकर डट एनबीसी स्पोर्ट्स डट कम

त्यसपछि, पाँचौ मिनेटमा वल्भ्सका रोमेन सइसले गोल गरे । त्यसअघि, जिमिनेजको प्रहारलाई सेफिल्डका गोलरक्षक आरोन राम्सडलेले मुस्किलले विफल पारेका थिए । त्यसैमा प्राप्त कर्नरमा रोमेन सइसले गोल गर्दै वल्भ्सका लागि अग्रता दोब्बर बनाए । पेड्रो नेटोको कर्नरमा रोमेनको हेडरलाई सेफिल्डका गोलरक्षक आरोन राम्सडलेले रोक्ने कुनै अवसर नै पाएनन् ।

खेलको ५३ औं मिनेटमा रोमेन सइसको हेडर पोस्टबाट थोरै बाहिरिदा वल्भ्स फराकिलो अग्रता लिनबाट चुकेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width