भिटोफले नवीकरण शुल्क नलिने

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
31734319vitof-Nepal-Logo-

भिटोफले नवीकरण शुल्क नलिने भएको छ ।

नेपालमा ग्रामीण पर्यटनको विकासका लागि प्रवद्र्धन गर्ने कार्य गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी समितिले आफ्ना सदस्यहरुको नवीकरण शुल्क नलिने निर्णय गरेको छ ।

भिटोफ गण्डकीको सोमबार भएको भर्चुअल बैठकले उक्त निणर्य गरेको हो । साथै मञ्चको साधारण सभा पनि भर्चुअल विधिबाट नै सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

भिटोफ गण्डकीमा पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा होमस्टेहरु आजीवन र साधारण गरी जम्मा ७५ सदस्य छन् ।  समितिले हरेक वर्ष एक हजार पाँच सय नवीकरण शुल्क लिर्दै आएको थियो । कोभिड १९को महामारीको असर पर्यटन क्षेत्रमा परी व्यवसाय नै धरासयी भएकाले उक्त निर्णय गरिएको अधिकारीले बताए ।

भिटोफ गण्डकीले प्रदेश भित्रका होमस्टेहरुको सम्भावना अध्ययन गरी हरेक वर्ष एक होम स्टेलाई गन्तव्य र एकलाई उत्कृष्ट होम स्टे घोषणा गर्दैै प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आई रहेको छ । साथै, प्रदेश सरकारसँगको सहकार्यमा होम स्टे संचालकलाई तालिम तथा होमस्टेहरुको बीचमा अन्तरसम्बन्ध कायम गर्ने कार्य गर्दै आइरहेको भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • दूध उत्पादक किसान र सरकारबीच सहमति, आन्दोलन स्थगित

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा ।   दूध उत्पादक किसान र सरकारबीच ५  बुँदे सहमति भएको छ । शनिबार साँझ भएको वार्तामा सहमति भएको हो…
  • संघका टुक्रे योजनाको रकमान्तर, प्रदेशका अधुरा योजनामा थपियो बजेट

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । स्याङ्जाको मिर्मीदेखि क्याक्मी हुँदै तनहुँको भीमाद सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा कत्ति पनि बजेट परेन । संघ…
  • ढोडबेंसीको स्वादिलो खुदो

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र हो पोखरा–३२ स्थित मालेपाटन ढोडबेँसी । प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा…
  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • घान्द्रुकमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । त्यहाँ अन्नपूर्ण–२, नौडाँडा स्थित धौलागिरी लघुवित्त वित्तीय…

hero news full width