सिकन्दरको अन्त्येष्टि

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७७
Sikandar

पोखरा  ।  नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’ को सोमबार रामघाटस्थित बौद्व अर्घाै सदनमा बौद्व परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिअघि पोखरा ५, पस्र्याङस्थित गुरुङ निवासमा नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी र पूर्व सभापति यज्ञबहादुर थापाले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलका अनुसार श्रद्वाञ्जली अर्पणका लागि पार्टीका नेता, सयौं कार्यकर्ता र शुभेच्छुक पुगेका थिए । निवासदेखि बौद्व अर्घाै सदनसम्म शवयात्रा गरिएको थियो ।

केही समयदेखि हेपाटाइटिसबाट पीडित गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा आइतबार दिउँसो निधन भएको हो । उनी ५८ वर्षका थिए । उनका १ श्रीमती र दुई छोरा छन् ।

२०१९ असार २९ मा कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे, देउरालीमा जन्मेका गुरुङ हाल पोखरा ५ पस्र्याङमा बस्दै आएका थिए ।

गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान, सरल र त्यागी नेताका रुपमा लोकप्रिय थिए । २०३६ र २०४६ को क्रान्तिमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका गुरुङ निडर र स्पष्ट वत्ता थिए ।

बिनास्वार्थ पार्टीको सशक्तीकरण र कार्यकर्ताको समस्या बारेमा खुलेर बोल्न सक्ने नेताकोे छवि बनाएका थिए । उनी प्रदेशसभाको चुनावमा कास्की क्षेत्र ३(ख) बाट उम्मेदवार बनेका थिए ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी गुरुङको निधनले पार्टी स्तब्ध भएको जनाएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघमा क्रियाशील रहँदादेखि नै जुझारु क्रान्तिकारी स्वभावका गुरुङ निष्ठावान्, इमान्दार, त्यागी, निडर र निस्वार्थी स्वभावको भएको उल्लेख छ ।

विद्यार्थी आन्दोलनमा पटक–पटक नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी युवा तरुणबीच प्रिय नेताका रुपमा परिचित रहेको र पंचायती व्यवस्थाविरुद्धको आन्दोलनसहित नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।

सिद्धान्तप्रति निष्ठावान्, कर्मशील, निडर र प्रष्ट नेता गुरुङको निधनले नेपाली काँग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको भन्दै दुःख व्यक्त गरिएको छ ।

शोक विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त पिता लोकबहादुर गुरुङ, धर्मपत्नी देवी गुरुङ, छोराहरु अभिनास गुरुङ, अनिश गुरुङ सहितका सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width