अष्ट्रेलियाका डोमिनिक थिमलाई पहिलो ग्रान्डस्लाम उपाधि

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७७
Dominic Thiem, Winner US Open

तस्बीर साभार : दी आइरिस टाइम डट कम

पोखरा । अष्ट्रेलियाका डोमिनिक थिमले पहिलो ग्रान्डस्लाम जितेका छन् ।

युएस ओपन पुरुषतर्फको फाइनलमा डोमिनिकले जर्मन खेलाडी अलेक्जेन्डर जेरोभलाई हराउँदै युएस ओपनको पुरुषतर्फको उपाधिसँगै पहिलो ग्रान्डस्लाम जितेका हुन् ।

तस्बीर साभार : वाल स्ट्रिट जर्नल डट कम

लगातार २ सेट पछि परिसकेको अवस्थालाई उल्टाउँदै डोमिनिकले जेरोभलाई पराजित गरेका थिए । उनले जेरोभसँग २–६, ४–६, ६–४, ६–३ र ७–६ (८–६) को संघर्षपूर्ण प्रतिस्पर्धा गर्नुपरेको थियो । २७ वर्षीय थिम यसअघि तीन वटा प्रमुख प्रतिस्पर्धाको फाइनलमा पराजित बनेका थिए ।

२३ वर्षीय जेरोभ भने पहिलोपटक ग्रान्डस्लामको फाइनलमा पुगेका थिए । उनी लगातार २ सेट जितेपछि पहिलो फाइनलमा नै उपाधि नजिक पुगिसकेका थिए । तर, खेलमा नियन्त्रण गुमाएपछि यस पटकको युएस ओपनको उपाधि डोमिनिकलाई सुम्पिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width