पर्वतमा बाढीले बगाएर बालिकाको मृत्यु

साधन राम्जाली
भाद्र २९, २०७७

म्याग्दी, २९ भदौ । पर्वतको फलेवास नगरपालिका–४, मुडिकुवामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । स्थानीय इन्द्रजित विककी तीन बर्षीया नातिनी निकिता विकको मृत्यु भएको वडा अध्यक्ष टीकाराम गौडेलले जानकारी दिए ।

‘परिवारसंगै कटेरोमा बसिरहेको समयमा अचानक बाढी आएपछि परिवारसंगै भाग्न खोज्दा बगाएर निकिताको ज्यान गएको हो,’–अध्यक्ष गौडेलले भने, ‘बाढीले कटेरो बगाएको छ भने मृतक तीन बर्षिया बालिकाको शव घर नजिकै भेटाइएको थियो ।’

यसैगरी, सोही वडाको चुरीमा रामप्रसाद तिवारी गोठ पुरिएको छ । गोठ पुरिँदा एउटा गोरु पनि मरेको छ । क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको वडा अध्यक्ष गौडेलले बताए । दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width