पोखरामा १७ सहित गण्डकीमा थप १९ संक्रमित

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७७
covid 19 corona banner

पोखरा, २९ भदौ । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका १७ र बागलुङका २ जना छन् ।

बाग्लुङ बडीगाड–१ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टिनमा बसेका हुन् । पोखरा–४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत छन् । पोखरा–३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका हुन् । त्यस्तै, पोखरा–८ का २१ बर्षीय महिला स्वास्थ्यकर्मी हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width