सेन्ट्रल सिटीको विद्याश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७७
chisakoloa

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीले शनिबार पोखरा–१८ स्थित पोखरा चिसाखोला वेद विद्याश्रममा खाद्यान्न तथा २१ थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ ।

प्रमुख अतिथि क्लस्टर २४ लायन्स माधव पौडेलले वेद विद्याश्रमजस्तो पवित्रस्थलमा सहयोग कार्यक्रम ल्याएकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै पूर्वीय दर्शनले बताए बमोजिम सेवा गरेपछि पुण्य प्राप्त हुने र त्यसबाट नै धर्म प्राप्त हुने प्रस्ट्याए । साथै अहिले विज्ञानमा पनि संस्कृत भाषाको महत्व रहेको भन्दै अध्ययनरत् वटुकलाई लगनशीलताका साथ अघि बढ्न आग्रह गरे ।

क्लब अध्यक्ष राजेश शील्पकारले वैदिक धर्म र संस्कृति रक्षामा लागेको वेद विद्याश्रमको संरक्षणमा हरतरहबाट सहयोगमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।

रिजन चियरपर्सन बासुदेव कोइरालाले ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने नारा बमोजिम वेद विद्याश्रममा सहयोग कार्यक्रम ल्याएको बताउँदै आफू संलग्न संस्थाबाट समेत सहयोग जुटाउने वचन दिए ।

कार्यक्रम संयोजक प्रदीप सुवेदीले स्वच्छ मनले गरेको दानबाट उद्देश्य पूरा हुने भन्दै सबै जनाले सक्दो सहयोग गर्न आग्रह गरे ।

वेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधिबारे प्रकाश पारे ।

कार्यक्रममा चेतबहादुर कार्की, रामराज सुवेदी, तृतीय उपाध्यक्ष सुमनराज ढकाल, सचिव अर्जुन पौडेल, सदस्य टीकाराम सुवेदी, सुमनकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width