टंकराजको प्रचारको शैली

रामकुमार श्रेष्ठ
भाद्र २८, २०७७
kera

कावासोती । मानिसहरु अचेल बजारमा साइकल, ठेला, अटोमा गाउँ–गाउँमा फलफूल तरकारी बेच्न हिड्छन् । पूर्वी नवलपरासीको कावासोती–१६, डण्डाका टंकराज गिरिको प्रचारशैली फरक छ ।

साइकलमा दायाँ–बायाँ २ ढाकरमा आफ्नै बारीमा फलाएको केरा हाल्छन् र बेच्न हिड्छन् । साइकलको अगाडि नेपालका २ ठूला–ठूला झण्डा हालेर टाउकोमा २ सिंग भएको हेलमेट लगाएर हिड्छन् । झट्ट उनलाई देख्नासाथ जो कोही आकर्षित भइहाल्छन् ।

आफ्नै बारीमा फलेको भन्दै राष्ट्रवादी केराको नाम दिएर उनले केरा बेच्ने गरेका छन् । यसरी हिड्दा कोहीले त पागल समेत भन्ने गरेको उनले गुनासो गरे ।

आफ्नो डेढ बिगाहामा लगाएको केरा र तीनचार घरछिमेकीको केरा उनले यसरी नै बेचेर सक्ने गरेका छन् । उनी भन्छन्, ‘केरा बेच्न कसैको हारगुहार माग्नुपरेको छैन । दुईचार घरछिमेकीको समेत बेचेको छु ।’

उनले यसरी केरा बेच्न हिड्दा दैनिक २ हजारदेखि ४ हजार रुपैयाँसम्म बिक्री हुने र दैनिक १ देखि २ हजार रुपैयाँसम्म मुनाफा हुने गरेको सुनाए । उनले आफ्नो घर खर्च समेत कटाएर वार्षिक २ लाखसम्म बचत गर्ने गरेको सुनाए । करिब ८ वर्ष भारतमा बसेर रोजगारका लागि पसिना गुमाएका उनले अहिले ३ वर्षदेखि घर नै फर्किएर यसरी केरा बेच्दै हिडेका छन् । उनले भने, ‘कसैले पागल भन्छन् । कसैले के भन्छन् । यो मेरो छुट्टै पहिचान हो । आफ्नो कमाइबाट सन्तुष्ट छु ।’

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width