बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

रासस
भाद्र २७, २०७७
Buddha Air 9N-AJX

Photo: THT/ File

काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो । बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो ।

प्रसिद्ध ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड पाउने नेपालको एक मात्र एयरलाइन्स हो । बुद्धले दैनिक आधादर्जन माउण्टेन फलाइट गर्ने गरेको छ । आन्तरिकतर्फ कम्पनीले दैनिक १ सय उडानमार्फत ६ हजार यात्रु व्यवस्थापन गर्दै आएको छ । बुद्ध एयरसँग आन्तरिक उडानका लागि ११ एटिआर जहाज तथा दुई थान बिचक्राफ्ट जहाज छन् । बुद्धले हाल आन्तरिकतर्फ १३ गन्तब्यहरु भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

ट्रिप एडभाइजरले सन् २०१८ मा नेपालको राजधानी काठमाडौँलाई विश्वका उत्कृष्ठ गन्तब्यको सूचीमा राखेको थियो । त्यस्तै सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट पर्यटकीय गन्तब्यको सूचीमा काठमाडौँ परेको थियो । संसारकै सबैभन्दा ठूलोमध्येको वेबसाइट अमेरिकाको ट्रि एडभाइजरले विश्वभर आफ्नो सञ्जाल विस्तार गरेको छ । यसका ३२ करोडभन्दा बढी सदस्य छन् । यो वेबसाइट प्रतिमहिना ३० करोडभन्दा बढीले हेर्ने गरेको बताइन्छ । सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, युरोप, एसिया, अफ्रिका, मध्यपूर्व, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ ।

Related News

सम्बन्धित समाचार

  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • घान्द्रुकमा वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । त्यहाँ अन्नपूर्ण–२, नौडाँडा स्थित धौलागिरी लघुवित्त वित्तीय…
  • पोखरा १३ मा रोजगार मेला

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । पोखरा १३ मा शुक्रबार जब फेयर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको आयोजनामा उक्त…
  • ६ वर्षमा ३५ हजार साना उद्योग थपिए   

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    गण्डकी ।  पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग,…
  • कोदोबाट बिस्कुट उत्पादन, बजारको माग धान्नै मुस्किल   

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    गलकोट ।  पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला…

hero news full width