नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रासस
भाद्र २६, २०७७
Pahiro

प्रतिकात्मक तस्बिर

मुग्लिन, २६ भदौ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे तिर चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width