गर्भपतन गराउने वृद्धि

रासस
भाद्र २४, २०७७

दार्चुला, २४ भदौ । यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन् । गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ ।

‘जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका छन्, यो संख्या निकै धेरै हो’, जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले भने । यसअघि २०७५/७६ मा २१६ जनाले अस्पतालमा आएर गर्भपतन गराएका थिए । ‘विगतमा मेडिकलबाट औषधि लिएर घरमै प्रयोग गर्ने गर्थे, तर अहिले चेतनास्तरमा आएको परिवर्तनले पनि सुरक्षित गर्भपतन सेवा लिने बढेको हुनसक्छ’, डा दुवाल भन्छन् ।

महिला र पुरुषका लागि परिवार नियोजनका विभिन्न अस्थायी साधन हुँदाहुँदै पनि महिलाको स्वास्थ्यलाई जोखिममा पारेर गर्भपतन गराउनु खतरा हुने उनको भनाइ छ । यो तथ्याङ्कले अहिले परिवार नियोजनको साधन प्रयोगकर्ता घटेको देखाउँछ । जिल्ला अस्पतालमा एक वर्षको अवधिमा ४९८ जनाले प्रसूति सेवा लिएका छन् । यस्तै आव २०७४/७५ मा ५७८ र २०७५/७६ मा ४९१ जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

अस्पताल पुगेकामध्ये ४१८ जनाले सामान्य तवरमै प्रसूति सेवा लिएका छन् । यस्तै ३५ जनाको शल्यक्रियाद्वारा प्रसूति सेवा दिइएको डा दुवालले जानकारी दिए जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका २१ जनालाई अन्यत्र अस्पतालमा प्रसूतिका लागि सिफारिस गरिएको छ । जिल्ला अस्पतालमा आएर परिवार नियोजन सेवा लिनेमा कन्डम प्रयोगकर्ता ११२ जना मात्रै छन् । पिल्स ५१, डिपो लगाउने २५८, आइयुसिडी लिने चार र इमप्लान्ट राख्नेको संख्या ७५ जना रहेको अस्पतालले जनाएको छ ।

यस्तै जिल्ला अस्पतालमा पाँच नवजात शिशुको ज्यान गएको छ । समयमै अस्पताल पु¥याउन नसक्नु तथा सडक नहुँदा बोकेरै ल्याउँदा पनि नवजात शिशुको ज्यान गएको डा दुवालले बताए । पहाडी क्षेत्रमा गाउँबाट सुविधासम्पन्न अस्पतालसम्म पुग्नै समय लाग्छ । ढिला गरी अस्पताल आउँदा नवजात शिशुको मृत्यु हुने गरेको उनको भनाइ छ । जिल्ला अस्पतालमा मातृ मृत्युदर भने गत वर्ष शून्यावस्थामा छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width