सरकारी वकील कार्यालयका कर्मचारी सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
sammanit

पोखरा । उच्च सरकारी वकील कार्यालय पोखरा र मातहतका जिल्ला सरकारी वकील कार्यालयहरुमा कार्यरत् उत्कृष्ट सरकारी वकील तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

निजामती सेवा दिवस अवसरमा सोमबार उच्च सरकारी वकील कार्यालय पोखरामा आयोजित कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले र सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्मालाई उत्कृष्ट सरकारी वकीलरुपमा सम्मान गरिएको हो ।

यस्तै, उच्च सरकारी वकील कार्यालय पोखरामा कार्यरत् नासु भुवनप्रसाद दाहाल, जिल्ला सरकारी वकील कार्यालय स्याङ्जामा कार्यरत् नासु दिव्यज्योति खनाल र जिल्ला सरकारी वकील कार्यालय तनहुँमा कार्यरत् खरिदार राधिका ढकाल उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भए ।

कोभिड–१९ महामारीबीचमा जुम मिटिङ माध्यमबाट संचालित उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय पोखरा मातहतका ७ वटा जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुखहरु भर्चुअल रुपमा जोडिएका थिए ।

उच्च सरकारी वकील कार्यालय पोखराका उपन्यायाधिवक्ता प्रतिमाकुमारी भट्टराईले स्वागत गर्दै सम्मानित सरकारी वकीलहरु र कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा गरिन् ।

सम्मानितको तर्फबाट कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले सम्मानले आफूलाई आगामी दिनमा कार्यसम्पादनमा थप उर्जा मिलेको बताउँदै कर्मचारीहरुले संगठनको उद्देश्य प्राप्तिका लागि पदीय जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।

उच्च सरकारी वकील कार्यालय पोखराका सहन्यायाधिवक्ता घनश्याम ओझाले कर्मचारीहरुको मनोबल उच्च पार्दै कार्यसम्पादनमा थप उर्जा थप्न यसै वर्षबाट कार्यालय तहमा यस्तोखालको सम्मान व्यवस्था गरिएको जानकारी दिए ।

सहायक न्यायाधिवक्ता नारायण आचार्यले संचालन गरेका सो कार्यक्रममा उच्च सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय कास्कीका कर्मचारीहरुको समेत उपस्थिति रहेको जानकारी कार्यालयका नासु नवीन पौडेलले दिए ।

Related News

सम्बन्धित समाचार

  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट…
  • पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ…
  • पोखरा वडा १२ मा हस्तकला तालिम सुरु

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक…
  • पोखराको भवन मापदण्ड : ५ तलामाथिका घरमा लिफ्ट अनिवार्य

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले नयाँ मापदण्ड सार्वजनिक गरेको छ । २०३१ को भौतिक विकास योजना, २०५५ सालको एकीकृत कार्यमूलक योजना,…

hero news full width