खुँदीखोलाले घर बगाउँदा विस्तापित

कविराज खनाल
भाद्र २४, २०७७
photo (1)

खुँदीखोलामा आएको बाढीले बगाएको सूर्यबहादुर नेपाली र सञ्चमाया मोक्तानको घर ।

लेखनाथ  । अविरल वर्षपछि पोखरा ३२, सुकुम्वासी टोल नंं ६ मा खुँदीखोलामा आएको बाढीले दुई घर बगाएको छ ।

बाढीले स्थानीय सूर्यबहादुर नेपाली र सञ्चमाया मोक्तानको घरबारी, अन्नवाली बगाएको हो ।

सुतिरहेको अवस्थामा गएराति करिब १२ बजेतिर नेपालीको घर बाढीले बगाउँदा करिब ३ लाख बरावरको क्षति र मोक्तानको २ लाख बरावरको क्षति भएको पीडितले जनाएका छन् । घटनामा मानवीय क्षति भने टरेको छ ।

घर बाढीले बगाएपछि नेपाली र मोक्तान परिवारलाई स्थानीयको सहयोगमा नजिकैको आधारभूत आराधना प्राथमिक विद्यालयमा राखिएको जानकारी वडाध्यक्ष अक्कलबहादुर कार्कीले दिए ।

यस्तै निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण सोही ठाउँका अस्मिता बिक र बुद्धिमाया नेपालीको घर र खेतीयोग्य जमिन समेत जोखिममा परेका छन् ।

बाढीले नेपालीको घरका सामान भाँडाकुडा, लत्ताकपडा समेत बगाएको साथै छिमेकीको भने घरमात्र बगाएको हो ।

यस्तै, गगनगौँडा र सातमुहाने जोड्ने खुँदीखोलाको कल्भर्ट समेत पूर्ण रुपमा क्षति भएको छ ।

वर्षाका कारण वडा ३० मा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको परिसरमा रहेको करिब १ सय मिटर पर्खाल समेत भत्किएकोे पोखरा–३० का वडाध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width