हिमालय आँखा अस्पतालका लेखा अधिकृत बलात्कार अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
baran_gang_rape_2018311_83714_11_03_2018_Fotor

पोखरा, २३ भदौ । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत युवती बलात्कार अभियोगमा अन्ततः पक्राउ परेका छन् ।

पोखरा ७, शान्तिनगर घर भइ अस्पतालमा कार्यरत् लेखा अधिकृत ३७ वर्षीय बामदेव सुवेदीलाई कास्की प्रहरीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको हो ।

अस्पतालमै कार्यरत २ जना महिलाले सुवदीले आफूहरुलाई जबर्जस्ती बलात्कार गरेको भन्दै उनीविरुद्ध कास्की प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

आँखा अस्पतालका कार्यरत् ३१ वर्षीया र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई जबर्जस्ती करणी गरेको उनीविरुद्ध आरोप लगाएका छन् ।

उजुरी दिएकामध्ये एक महिलाले आफूलाई सुवेदीले ४ वर्षदेखि बलात्कार गर्दैआएको दाबी केही दिन अघि पनि गरेकी थिइन् । उनको सो आरोपपछि अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन गरी घटना अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ ।

त्यसबेलासम्म पीडित भनिएका युवतीले प्रहरीसमक्ष उजुरी गरेका थिइनन् । हाल अर्की युवतीको समेत संयुक्त उजुरी परेपछि सुवेदी प्रहरी फन्दामा परेका हुन् । प्रहरीका अनुसार निज विरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

पोखरामा २ महिनायता लगातार एकपछि अर्को बलात्कार घटना सार्वजनिक भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width