चलचित्र पत्रकार संघ कास्कीको रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
film

पोखरा । कोरोना भाइरसको प्रभावका कारण विषम परिस्थितिबीच चलचित्र पत्रकार संघ कास्कीले पोखरामा सोमबार रक्तदान कार्यक्रम आयोजना गर्‍यो ।

पोखरा सभागृहस्थित मिड टाउन परिसरमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भयो ।

संघका अध्यक्ष अरुण गिरीले रक्तदान गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । गिरीले संघले कोरोना महामारीका कारण कास्कीमा देखा परेको रक्तअभाव पूर्ति गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले चलचित्र क्षेत्रसँग सम्बन्धित कार्यक्रम सहित केही मानवीय सेवामूलक कार्यक्रम गर्न चाहेकोमा आज पूरा भएको बताए । उनले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले संघ यसरी मानवीय सेवामा समर्पित भएको देख्दा खुसी लागेको बताए ।

संघका निर्वतमान अध्यक्ष रेम विकले संघको पछिल्लो गतिविधि प्रशंसनीय रहेको भन्दै संघको प्रगतिको कामना गरे ।

चलचित्र निर्देशक घनश्याम लामिछानेले कोरोना कहरबीच सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवामा जुट्नु आफैमा प्रशंसनीय भएको बताए ।

कार्यक्रममा चलचित्र क्षेत्रमा आबद्ध रहेका कलाकार, पत्रकार लगायतको उपस्थिति रहेको संघका सचिव प्रभू अधिकारीले जानकारी दिए ।

कार्यक्रम क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको हो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width