शिशुवा अस्पतालको स्तोन्नति हुने मेयरको आश्वासन

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
Handover pic (1)

लेखनाथ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिशुवा अस्पतालमा ५० शैयासम्म विस्तार गरिने लक्ष्य रहेको बताएका छन् ।

अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत् प्रसूति सेवा उपलब्ध गराइएकी रीता श्रेष्ठलाई सुत्केरी पोषण सामग्री हस्तान्तरणपछि आयोजित अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् ।

उनले अहिले १५ शैया रहेको अस्पताललाई साविक लेखनाथ नगरपालिकाको जग्गामा निर्माण हुने विशिष्टिकृत बालअस्पतालसँगै स्तरोन्नति गरिने बताए ।

महानगरपालिकाको स्वामित्वमा रहेको शिशुवा अस्पतालमा न्यून जनशक्तिका बीच शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएको भन्दै थप जनशक्तिका लागि पहल गर्ने उल्लेख गरे ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ्गले अस्पतालमा प्रसूति सेवा सुरु भएपछि आसपासका मानिसलाई सहज भएको बताइन् ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले शल्यक्रियाबाट पहिलो बच्चाको जन्म भएपनि आगामी दिनमा विशेषज्ञीय सेवाका चिकित्सकको व्यवस्थापन चुनौती रहेको बताए । उनले विभिन्न परीक्षण, ल्याब लगायतका सेवा र सुविधा थप्नु पर्नेमा जोड दिए ।

शिशुवा अस्पतालका मेडिकल सूपरिटेन्डेन्ड प्रतिभा कोइरालाले सबैको सहयोगबाट अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत् प्रसूति सेवा उपलब्ध गराउन सकिएको उल्लेख गरिन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझाले शिशुवा अस्पतालको सेवाबाट लेखनाथका मात्रै नभई मादी र रुपा गाउँपालिका सहित कास्कीको पूर्वी भेगसँग जोडिएका लमजुङ्गका विभिन्न स्थानका बासिन्दा लाभान्वित हुने बताए । उनले मातृ तथा शिशुसँग जोडिएका चिकित्सक, जाँच र ल्याबको व्यवस्था हुनु पर्नेमा जोड दिए ।

गर्भवती बाराको कोहल्बी—८ नयाँबस्तीकी १८ वर्षीया रीता श्रेष्ठको शल्यक्रिया गरी प्रसूति गराइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width