Representative Image
काठमाडौँ, २२ भदौ । अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।
यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई आज ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उनले कोरोना सङ्क्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अङ्ग निकालेर बेचबिखन गरी भ्रष्टाचार गरिरहेको भन्ने जस्ता अभिव्यक्तिसमेत दिएको उनले बताए । यसअघि पनि उनले पटक–पटक सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाइरस सङ्क्रमणबारे भ्रम फैलाउने तथा विभिन्न व्यक्तिलाई आक्षेप लगाउने अभिव्यक्ति दिँदै आएका थिए ।
आफूलाई प्राकृतिक चिकित्सक भएको बताउने लिम्बू हाल ललितपुर नक्खिपोटमा बसोबास गर्दै आएका थिए । उनलाई थप अनुसन्धान गरी कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
रेडक्रसको जुनियर तथा युवा रेडक्रस शिविरद्वारा ‘१९ बुँदे आर्वा घोषणापत्र’
सहाराका बालकहरुसँग जन्मदिन, नगद र खाद्यान्न सहयोग
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१