गण्डकीमा थपिए ६७ संक्रमित, पोखरामा ३१ जना

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७७
covid 19 corona banner

पोखरा, २२ भदौ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका ३१ जना छन् । संक्रमित मध्ये नवलपुरका १५ जना, गोरखाका १८ जा र तनहुँका ३ जना छन् ।

पोखराको मेडीसिटी अस्पतालमा उपचाररत २ जना, पृथ्वीचोकको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्षीया २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) हुन् भने ३६ र २७ वर्षीया २ जना महिला सहयोगी कर्मचारी रहेका छन् । त्यस्तै पोखराकै पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ पुरुष संक्रमण देखिएको छ भने नवलपुरका देवचुलीका ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी हुन् ।

कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । तनहुँका तीनैजना व्यास नगरपालिकाका हुन् । नवलपुरमा गैंडाकोटका १ जना र देबचुलीका १४ जना रहेका छन्, भने गोरखाका १८ मध्ये गोरखा नगरपालिकाका १६ जना र पालुङटारका २ जना रहेका छन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width