टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियामाथि घरेलु इङ्ल्याण्डको कठिन जित

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
Australia vs England, 1st T-20

तस्बीर साभार : क्रिकेट ट्रयाकर डट कम

पोखरा । पहिलो टी–ट्वान्टी क्रिकेट खेलमा अस्ट्रेलियाविरुद्ध घरेलु इङ्ल्याण्डले कठिन जित निकालेको छ ।

साउथह्याम्पटनमा भएको खेलमा इङ्ल्याण्ड २ रनले विजयी बनेको हो । इङ्ल्याण्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १ सय ६० रन मात्र बनायो ।


तस्बीर साभार : इएसपीएन क्रिक इन्फो डट कम

तीन टी–ट्वान्टी र तीन एकदिवसीय खेलका लागि इङ्ल्याण्डमा रहेको अस्ट्रेलियाले पहिलो टी –ट्वान्टीको खेल हारेको हो । टस जितेर अस्ट्रेलियाले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको इङ्ल्याण्डले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाउँदा १ सय ६२ रन बनाएको थियो । इङ्ल्याण्डका जस बटलरले २९ बलमा सर्वाधिक ४४ रन बनाए । त्यस्तै, टोलीका डेविड मलनले ४३ बलमा ६६ रन बनाए । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाका लागि डेभिड वार्नरले ४७ बलमा सर्वाधि ५८ रन बनाए । त्यसपछि, आरोन फिन्चले ३२ बलमा ४६ रन जोडे । टोलीका मार्कस स्टोइनिसले १८ बलमा २३ रन जोडे ।

इङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले २/२ साथै मार्क उडले १ विकेट लिए । अब, यि दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी खेल आइतबार हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा ह्विलचियर खेलाडीको जमघट

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । एक हातले ह्विलचियरको चक्का घुमाउँछन्, अर्को हातले बास्केटबल फाल्दै अघि बढाउँछन् । छक्काउँदै बास्केटमा बल छिराउँछन् । अनि…
  • बिपी स्मृति फुटसल उपाधि मिलनटोलाई

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । पोखरामा भएको प्रथम बिपी स्मृति फुटसलको उपाधि मिलनटोलले जितेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा मिलनटोलले फ्रेस इलिमेन्टसलाई…
  • पोखरामा खुला बास्केटबल प्रतियोगिता हुँदै

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा।  पुन एकता क्लब पोखराले खुला बास्केटबल प्रतियोगिता गर्ने भएको छ । फागुन २२ देखि २६ गतेसम्म हुने प्रतियोगिता पुरुष,…
  • नवराज, मनोरम, आभान र सृष्टिका स्क्वास च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन २०, २०८०
    पोखरा । नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिकास्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् ।…
  • पोखरामा स्क्वास प्रतिस्पर्धा सुरु, २ जनालाई सम्मान

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिता सुरू भएको…

hero news full width