पोखरा, २० भदौ । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा कास्कीका २२ जना छन् । जसमध्ये २ जना महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् । संक्रमित मध्ये लमजुङ १७ जना, बागलुङका ३ जना, स्याङ्जा र नवलपुरका १÷१ जना रहेका छन् ।
कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । बागलुङका तमनखेला, बडिगाउँ र बागलुङका एक÷एक जना छन् । त्यस्तै स्याङ्जाको गल्याङ र नवलपरको हुप्सेकोटका एक÷एक रहेका छन् ।
पोखरा महानगरपालिका–१७ का २५ बर्षीय पुरुष, वडा १५ का २८ बर्षीय पुरुष, वडा १४ का ४१ र ४४ बर्षीय २ पुरुष र वडा २४ का ३१ बर्षीय पुरुष भारतबाट आएका हुन् ।
पोखरा–१६ का ५२ वर्षीय पुरुष सहकारीका कर्मचारी हुन् । बेशीसहका ४ जना उपचारका लागि अस्पताल आएका विरामी रहेको निर्देशनालयले जानकारी दिएको छ । अन्य संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा पहिचान गरिएको हो ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने
माघ १८, २०८१