गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स पोखरामा

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७

पोखरा । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो २० औं शाखा पोखरा न्यूरोडमा विस्तार गरेको छ ।

फाइनान्सका गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले फाइनान्सको हाल देशभर २० शाखा र २ एक्सटेनसन काउन्टर संचालनमा आएका छन् ।

संस्थाको चुक्तापुँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन ५ अर्ब १३ करोड तथा कर्जा लगानी ३ अर्ब ७९ करोड प्रवाह भएको जनाइएको छ । कुल नाफा ९ करोड ६६ लाख रुपैयाँ छ ।

ललितपुरको हरिहरभवनमा प्रधानकार्यालय रहेको संस्थाको प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर संचालनमा छन्। बागमतीमा ६ शाखा र १ एक्सटेन्सन काउन्टर, प्रदेश ५ मा ४ शाखा कार्यालय संचालित छन् ।

संस्थाले सम्पूर्ण बैंकिङसँगै एटीएम, एसएमएस, इ–बैंकिङ, इसीसी, आइपिएस, मोबाइल बैंकिङ, लकर सुविधा, टपअप सुविधा, विभिन्न विप्रेषण सेवा प्रदान गरिरहेको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width