‘विद्यालय खोल्ने अवस्था छैन, २ वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा मन्त्रालय’

रासस
भाद्र १९, २०७७
giriraj-mani-pokheral

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, फाइल फाेटाे।

किमाथाङ्का, १९ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन हुने जानकारी दिएका छन्।

प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वरा आज आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा मन्त्रालय लागिरहेको बताए।

शिक्षक गुणात्मक नभए शिक्षा गुणात्मक हुन नसक्ने मन्त्री पोख्रेलको भनाइ छ । उनले वैकल्पिक पद्धतिमा जान स्थानीय तहका पदाधिकारी, प्रदेशका सामाजिक विकासमन्त्री, शिक्षाविद् तथा प्रधानमन्त्रीसँगसमेत छलफल भएको जानकारी दिए।

उनले विद्यालय खोल्न सकिने अवस्था नरहेको र शिक्षकलाई प्रविधिमैत्री बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। शिक्षामन्त्री पोखरेलले वैकल्पिक पद्धतिका लागि चार विधि यही भदौ २० अनुमोदन हुने जानकारी दिए।

वैकल्पिक पढाइका लागि गत जेठमा निर्देशिका बनेको र असारमा लागु भएको बताइएको छ। वैकल्पिक पढाइका लागि पाठ्य पुस्तक , सहयोगी अध्ययन सामग्री दिने टेलिभिजन, केबल र अनलाइन, रेडियो तथा छापामार्फत पढाइ सञ्चालन भइरहेको छ। उनले भने, “शैक्षिकसत्र खेर जान नदिन पाठ्यक्रम विकास केन्द्रको सहयोगमा नयाँ ढङ्गले अघि बढ्ने तयारी भइरहेको छ।”

प्रविधिमैत्री सङ्खुवासभाका अध्यक्ष सन्तोष विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width