युइएफए नेसन्स कप लिग फुटबल शुरु : लिगमा स्पेन र जर्मनीको बराबरी

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७७
Germany vs Spain, Nations League football

तस्बीर साभार : फस्र्टपोष्ट डट कम

युइएफए नेसन्स कप लिग फुटबल शुरु भएको छ ।

लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा स्पेनी डिफेन्डर जोसे गायाले गोल गरेपछि स्पेन हारबाट जोगिएको हो ।

नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका हुन् । समूह डी रहेको दुबै टोलीले एक÷एक अंक बाडेका हुन् । खेलमा टिमो वेर्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो । उनले खेलको ५१ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । जर्मनीको अग्रता अन्तिम मिनेटमा भने टिकेन ।

खेलको इन्ज्युरी समयमा जोसे गायाले गोल गर्दा स्पेन हारबाट जोगिएको थियो । आजको खेलमा स्पेनिस टोलीबाट बार्सिलोनाका युवा स्टार खेलाडी अन्सु फातीले पनि डेब्यू गरेका छन् । उनी दोस्रो हाफमा मैदान उत्रेका थिए ।

रसियाको सहज जित

त्यसैगरी, प्रतियोगितामा रसियाले पनि राम्रो सुरुवात गरेको छ ।

नेसन्स लिगको समूह चरणको पहिलो खेलमा रसियाले सहज जित निकालेको हो ।

रसियाले पहिलो खेलमै जित निकाल्दै ३ अंक जोडेको छ । लेभ एसिन स्टेडियममा बिहीबार राति भएको खेलमा रसियाले सर्बियासँग ३–१ गोलको जित निकालेको हो । समूह जी अन्तर्गतको खेलमा रसियालाई जित दिलाउन अर्टिम ज्युबाले २ गोल र भेसिया कार्भेइबले १ गोल गरे । उता सर्बियाका लागि आलेक्सेन्डर मार्टाेभिसले १ गोल गरे ।

तस्बीर साभार : गेट्टी इमेज

पहिलो हाफ बराबरी खेलेको रसियाले दोस्रो हाफमा गोल गर्न सफल बनेको थियो । खेलको ४८ औँ मिनेटमा रसियाका लागि अर्टिमले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ६९ औँ मिनेटमा कार्भेइबले गोल गर्दै रसियाको अग्रता दोब्बर पारे ।

उता, सर्बियाका लागि आलेक्सेन्डर खेलको ७८ औँ मिनेटमा १ गोल फर्काए । खेलको ८१ औँ मिनेटमा अर्टेमले गोल गर्दै रसियालाई ३–१ गोलको जित दिलाए । जितसँगै रसियाले समूह ‘जी’मा ३ अंक जोडेको छ ।

टर्कीमाथि हंगेरीको कठिन जित

त्यस्तै, युइएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरी ले संघर्षपूर्ण जित निकालेको छ । बिहीबार राति भएको खेलमा हंगेरीले टर्किविरुद्ध १–० गोलको कठिन जित निकालेको हो ।

तस्बीर साभार : अजरबैजान स्टेट न्यूज एजेन्सी

एनी सिभास स्टेडियममा हंगेरीका लागि डोमिनिकले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको हंगेरीका लागि डोमिनिकले खेलको ८० औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै समूह ‘जी’ को हंगेरीले एक खेलबाट ३ अंक जोडेको छ ।

वेल्सले पनि ३ अंक जोड्यो

वेल्सले पनि युइएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा जित निकाल्दै स्पष्ट ३ अंक जोडेको छ ।

बिहीबार राति भएको खेलमा समूह ‘एच’ बाट फिनल्यान्डमाथि १–० गोलको जित निकाल्दै वेल्सले आफ्नो नाममा ३ अंक जोडेको हो ।

तस्बीर साभार : लाइभअनस्कोर डट कम

हेलसिन्की ओलम्पिक स्टेडियममा भएको खेलमा वेल्सले फिनल्यान्डलाई हराउँदै नेसन्स लिगमा राम्रो सुरुआत गर्न सफल बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको वेल्सका लागि केफेर मोरेले निर्णायक गोल गरेका थिए । खेलको ८० औँ मिनेटमा उनले गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

नेसन्स लिग अन्तर्गत नै बिहीबार राति भएको पहिलो खेलमा लत्भिया र एन्डोराले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै, अर्काे खेलमा फारो आइल्यान्डले ३–२ गोलको जित निकाल्न सफल भएको हो ।

फाइनल जुन २०२१ मा हुनेछ । यसपटक युईएफले लिग ए र लिग बी मा सहभागी संख्या बढाएर १६ टिम बनाएको छ । लिग ए को चारवटै समूहको विजेताले फाइनल चरणमा स्थान बनाउनेछन् भने पुछारमा रहने टिम लिग बी मा घटुवा हुनेछन् ।

न्यूज ऐजेन्सीहरुबाट समाचार साभार

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width