महानगरको न्यायिक इजलास हप्तामा दुई दिन(सोमबार र बुधबार)चल्ने

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
egalas

पोखरा, भदौ १८ गते । पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ। न्यायिक समितिको मंगलबार बसेको बैठकले हप्तामा एक दिन सञ्चालन हुदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने निर्णय गरेको न्यायिक समितिका अभिलेख संरक्षक राममणी अधिकारीले जानकारी दिए।

न्यायिक समितिमा उजुरीको संख्या बढदो क्रममा रहेको र पछिल्लो समय कोरोना संक्रमण समेत बढदो क्रममा रहेकाले सातामा दुई दिन इजलास संञ्चालन गर्ने निर्णय भएको अधिकारीले बताए । हप्तामा एक दिन सञ्चालन गर्दा धेरै भिड हुने भएकाले त्यसलाई कम गराउने उद्देश्यले अर्को ब्यवस्था नहुदाँ सम्म सोमबार र बुधबार इजलास बस्ने निर्णय गरिएको हो न्यायिक समिति सदस्य किशोर बरालले भने ।

‘इजलासमा भिड हुदाँ कोरोना भाइरस संक्रमणको डर रहने भएकाले, भिडलाई कम गराउन समितिले उक्त निर्णय गरेको हो’ बरालले भने । न्यायिक समितिले सरकारले घोषणा गरेको लकडाउनमा नागरिकहरु न्यायबाट बञ्चित हुने अवस्था नहोस भनेर अनलाइन उजुरी लिने ब्यवस्था समेत गरेको थियो ।

स्थानीय तहको विवाद स्थानीयस्तरमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ। पोखरामा न्यायिक इजलास २०७५ मंसिरबाट सञ्चालनमा आएको हो। विवादका पक्षहरुले आफैले निर्वाचित जनप्रतिनिधिसंग खुलेर राख्न पाउने, आर्थिक बोझ नहुने र विवाद समाधान गर्दा मेलमिलापलाई प्राथमिकता दिइने भएकाले न्यायिक समितिमा उजुरी गर्नेहरुको संख्या बढदै गएको छ। न्यायिक समितिलाई १३ वटा विवादको फैसला र ११ वटाको मेलमिलाप गराउन सक्ने ब्यवस्था संविधानले गरेको छ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width