लायन्स पोखरा आदर्श चौतारीकाे छैटौं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
20200901_165825

पोखरा, भदौ १८। लायन्स क्लब अफ पोखरा आर्दश चौतारीले मगलबार आफनो छैटौं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ।

प्रमुख अतिथि पिआरओ ईन चिफ राम बसेलले कार्यक्रमको उद्घाटन गदै देशको बिषम अवस्थाका बिचमा पनि क्लवले शिक्षा र स्वास्थ्यमा जोड दिदै उत्कृष्ट कार्य गरेको बताए। त्यसैगरी कल्सटर २४ का कल्सटर चिफ माधव पौडेलले निकै छोटो समयमा क्लबले प्रशंसनीय कार्य गर्न सफल भएकोमा धन्यवाद व्यक्त गदै मानवीय सेवामा निरन्तरताको लागि शुभकामना व्यक्त गरे।

क्लबका अध्यक्ष मोहन राज पौडेलको अध्यक्षतामा भएकाे कार्यक्रममा जोन चियर पर्सन शिव बहादुर खड्का, क्लवका एक्सटेशन चियर पर्सन कमलबहादुर बस्नेत , राजु श्रेष्ठ ,  पोखरा-११ का वडा सदस्य जङ्गबहादुर हमाल ठकुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

साथै स्थापना दिवसकै अवसरमा  शारीरिक अपाङ्गता भएका स्थायी घर गोर्खा भई पोखरा बसपार्क बस्दै आएका भरत गिरीलाई एकथान नापतौल मेशिन सहयोग प्रदान गर्नुका साथै २०७६ सालको एसईई परीक्षाामा उतीर्ण हुने सदस्यहरूका नानी बाबुहरूलाई सम्मान गरिएको थियाे। कार्यक्रमकाे स्वागत चाटर पेर्सिडेण्ट वासुदेव कोइराला , धन्यवाद कार्यक्रम संयोजक एवम् नि. वर्तमान अध्यक्ष भरतराज सिग्देल तथा सञ्चालन सचिव दामोदर आचार्य गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width