सुनको मूल्य घट्यो

रासस
भाद्र १८, २०७७
gold-bar-icon-png-7

सांकेतिक तस्बिर ।

काठमाडौँ, १८ भदौ । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width