नेपाली क्रिकेट खेलाडीले पाए रोकिएको तलब

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७७
Nepal Nationa Cricket Team

तस्बीर साभार : डेली लाइभ स्कोर डट कम

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले विगत डेढ वर्षदेखि रोकिएको तलव पाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले रोकिएको तलव निकासा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले निरन्तर गरेको आग्रहमा आइसीसीले खेलाडीहरुको रोकिएको तलब निकासा गरेको हो ।

आइसीसीले खेलाडीबाहेक क्यान कर्मचारी, मुलपानी र कीर्तिपुर मैदानका कर्मचारीको बाँकी रहेको पारिश्रमिक समेत पठाएको छ ।

आइसीसीले सोमबार बेलुका एक वर्षको तलब नेपाल क्रिकेट संघ (क्यान) को खातामा पठाएको क्यानले जनाएको छ ।  निस्कासित तलव २ देखि ४ दिन भित्र नेपाल आईसक्ने क्यानले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार नेपाली टिमका २२ खेलाडी र १ जना भिडियो एनालिस्ट गरी २३ जनाको तलब पठाएको हो । खेलाडीको तलब आइसीसीले पठाएको तीन दिनमा क्यानको खातामा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा पठाइने अध्यक्ष चन्दले जानकारी दिएका छन् ।

क्यानले दुई साताअघि आइसीसीलाई लामो समयदेखि खेलाडीहरुले तलब नपाएको र तलब बढाएर तत्काल पठाउन माग गर्दै पत्र पठाएको थियो ।

क्यानले नेपालका ए ,बी र सी श्रेणी गरी २३ जना खेलाडीहरुको हस्ताक्षर सहितको पत्र आइसीसीलाई पठाएको थियो । २०१९ का लागि ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ तोकेको थियो ।

तर, अब क्यानको अनुरोधमा आइसीसीले सबै श्रेणीका खेलाडीहरुको पारिश्रमिकमा १० हजार बढाएर पठाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width