काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यस क्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरे ।
प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा प्रधानमन्त्री हसिना, बङ्गलादेश सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले बताएको छ । दुवै प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा सहयोग, विद्युत् जडान सञ्जाल निर्माण तथा नेपालबाट बङ्गलादेशतर्फ विद्युत् प्रवाहसहित साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नाका साथै दुई देशबीच सन्तुलित अवरोधरहित सन्तुलित व्यापार प्रवद्र्धन, नेपालका लागि सुव्यवस्थित पारवहन सुविधा, सुदृढ सम्पर्क सञ्जाल तथा पर्यटन प्रवद्र्धनबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
बङ्गलादेशको रोहनपुरदेखि भारतको सिंहवादसम्म नयाँ रेलमार्ग उपलब्ध गराएकामा प्रधानमन्त्री ओलीले आफ्ना बङ्गलादेशी समकक्षीप्रति आभार व्यक्त गरे ।
आफ्नो देशका सरकारबाट कोभिड–१९ महामारीविरुद्ध भएका प्रयास र अनुभव साटासाट गर्दै दुवै प्रधानमन्त्रीले कोभिडका कारण उत्पन्न सङ्कटको सामनाका निम्ति सहयोग बढाउन सहमति जनाए । महामारी रोकथामका लागि बङ्गलादेशले चालेका कदमको सराहना गर्दै प्रधानमन्त्री ओलीले बङ्गलादेशमा रहेका नेपाली नागरिकलाई अहिलेको कठिनावस्थामा सहयोग गरेकामा बङ्गलादेश सरकारप्रति कृतज्ञता व्यक्त गरे ।
बङ्गलादेशका प्रधानमन्त्रीले कोरोना भाइरसको फैलावट रोकथामका निम्ति नेपाल सरकारबाट भएका प्रभावकारी प्रयासको प्रशंसा गर्नुभएको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले पाँच हजार थान रिमेडेसिभिर सुई, अत्यावश्यक औषधि र चिकित्सा सामग्री नेपाललाई प्रदान गरेकामा प्रधानमन्त्री हसिनामा कृतज्ञता व्यक्त गरे ।
बङ्गलादेश अधिक खाद्यान्न बचत गर्न सफल राष्ट्र भएकामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हसिनालाई बधाई दिँदै आन्तरिक खपत तथा निर्यातका खातिर नेपालले कृषि उत्पादन वृद्धिका प्रयासबारे अवगत गराए । कृषि क्षेत्रमा बङ्गलादेशले हासिल गरेको सफलताको गाथाबाट नेपाल लाभान्वित हुन सक्ने प्रधानमन्त्री ओलीले बताए । बालीको यही याममा नेपाललाई मल आपूर्ति गर्न प्रधानमन्त्री ओलीले गरेको आग्रहलाई प्रधानमन्त्री हसिनाले सकारात्मक रूपमा लिनुभएको छ ।
नेपालमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलको स्मरण गर्दै दुवै प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि क्षेत्रीय सहयोग बढाउने सम्बन्धमा पनि छलफल गरे ।
बङ्गलादेशका राष्ट्रपतिबाट गत वर्ष सफलतापूर्वक भएको नेपालको भ्रमणको सम्झना पनि प्रधानमन्त्री ओलीले गरे । द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभका खातिर मजबुत तुल्याउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा दुवै प्रधानमन्त्रीले जोड दिए ।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
क्यान्सर दिवसमा स्वास्थ्य शिविर
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१