सवारी जाँच्दा नमस्कार !

अञ्जनराज न्यौपाने
भाद्र १७, २०७७
traffic tanahun

तनहुँ । ट्राफिक प्रहरीले व्यवहारमा परिवर्तन गरी सवारी चेकजाँच गर्दा नमस्कार अभियान सुरु गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बोली–व्यवहारमा शुद्धता ल्याउन सप्ताहव्यापी सो अभियान सुरु गरेको हो ।

‘नमस्कार’ अभियानअन्तर्गत जिल्लाको प्रवेशद्वार आँबुखैरेनीदेखि कोत्रेसम्म आवत्जावत् गर्ने विभिन्न सवारीसाधन मंगलबार चेकजाँचसँगै कोरोनाविरुद्ध सचेत गराइएको थियो ।

सवारीचालक र ट्राफिक प्रहरीबीच घनिष्ट सम्बन्ध स्थापित गराउने उद्देश्यले सो कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिए । सवारी चेकजाँचक्रममा असमझदारी, चिसोपन र वैमनस्यता हुन नदिन बोली र ब्यवहारमा परिवर्तन ल्याउनु आवश्यक रहेको महसुस गरी प्रशिक्षण सो अभियान सुरु गरिएको रानाभाटले बताए ।

‘तपाईँ, ‘हजुर’ शब्द प्रयोग गरेर सवारीचालक र ट्राफिक प्रहरीले व्यवहार गर्न सके तुरुन्तै व्यवहारमा परिवर्तन आउने स्थानीयहरुको पनि विश्वास छ ।

चेकजाँचक्रममा सवारीचालकलाई ‘नमस्ते ! तपाईं कहाँसम्मको यात्राका लागि सवार गर्नुभएको हो ?’ ‘सेनिटाइजर छ कि छैन ?’ ‘माक्स प्रयोग गरे–नगरेको हेरी ‘कोरोनाबाट बच्न तपाईँले के–कस्ता उपाय अपनाउनुभएको छ वा छैन ?’ लगायत विषयमा सोधपुछ गरी आवश्यक कागजपत्र भए–नभएको जानकारी लिएरमात्र सम्भावित कारबाही प्रक्रिया अगाडि बढाउन थालिएको छ ।

यात्राका क्रममा यात्रु र सवारीचालक कोरोना संक्रमण विषयमा सजग र सतर्क होओन् भन्ने उद्देश्यका साथ यो अभियान प्रभावकारी बन्ने ट्राफिक प्रमुख रानाभाटले बताए ।

यसैबीच, मंगलबार चेकजाँचक्रममा ५४ सवारीसाधन कारबाहीमा परेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width