कोभिड–१९ को खोप तेस्रो चरणमा

रासस
भाद्र १७, २०७७
corona-vaccine-1200

Representative Image

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् ।

उनले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताए ।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “अस्ट्राजेनिकाको खोप तेस्रो चरणमा प्रवेश गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । अरु पनि खोप अहिले तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । संयुक्तराज्य अमेरिकामा मानिसले नसोचेको रुपमा हामीले काम गरिरहेका छौं ।”

उनले यो प्रक्रियालाई वर्षौं लाग्न सक्थ्यो भन्दै आफ्नो प्रशासनले केही महिनाभित्रैमा सफलता हासिल गर्न सकेको दाबी गरे ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले तयार पारेको अस्ट्राजेनिकाको खोप संयुक्तराज्य अमेरिकाका ८० स्थानमा करिब ३० हजार वयस्क व्यक्तिलाई लगाउने तयारी गरिएको छ ।

अस्ट्राजेनिकाले एक व्यक्तव्य जारी गर्दै संयुक्तराज्य अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिको उमेरका करिब ३० हजार व्यक्तिलाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागिएको जनाएको छ । यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा नयाँ कोरोनाभाइरस संक्रमण हुनसक्ने सम्भाव्य व्यक्तिलाई दिइनेछ ।

अस्ट्राजेनिकाले जनवरी २०२१ सम्ममा कोभिड–१९ का लागि प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहित कार्य गरिरहेको छ । कम्पनीले पहिलो चरणमा करिब ३० करोड सुरक्षित खोप उत्पादन गरी वितरण गर्ने योजना बनाएको छ ।

अस्ट्राजेनिका अहिले कोभिड–१९ को खोप उत्पादनका लागि अग्र स्थानमा रहेको छ । तेस्रो चरणको खोप परीक्षणका क्रममा रहेका अन्य कम्पनीहरुमा अमेरिकाका मोडर्ना र पिफाइजर रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मी आदर्शको स्वर्ण महोत्सव

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    लेखनाथ । संस्कृतिविद् डा.जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्दति जोगाउनुपर्नेमा जोड दिएका छन् । लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवअन्तर्गत दोस्रो…
  • मिर्गौला पीडितलाई आर्थिक सहयोग

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । मिर्गौला पीडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम घर भइ हाल पोखरा ६ बस्दै…
  • सूर्यतारा नेकोस खेल महोत्सव हुने

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी र सूर्यतारा क्लबको संयुक्त आयोजनामा पोखरामा खेल महोत्सव हुने भएको छ । चैत…
  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान…

hero news full width