जबर्जस्ती करणी अभियोगमा भूपू भारतीय सैनिक पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७७
rape attempt

पोखरा, १६ भदौ । एक युवतीलाई जबर्जस्ती करणी अभियोगमा पोखरामा अर्का एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–१०, अन्नपूर्ण टोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय हरिबहादुर गुरुङ हुन् ।

भदौ १२ मा २३ वर्षीया युवतीलाई डर, धाकधम्की देखाई जबर्जस्ती करणी गरेको कसूरमा उजुरी परेपछि निजलाई कास्की प्रहरीले पोखरा–१० बाट सोमबार पक्राउ गरेको हो।

निज गुरुङविरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरामा सोमबारमात्रै पोखरा १०, मिलनटोलका भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ पनि ९ वर्षीया बालिकामाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width