लेखनाथ । महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने गरि सरकारले ल्याएको सहुलियत दरको कर्जा प्रवाहमा लेखनाथ उद्योग बाणिज्य संघले सहजीकरण गर्ने भएको छ ।
स्वदेशमा नै लगानीमैत्री वातावरण सृजना गर्ने उद्देश्यले सरकारले ल्याएको सो योजनाअन्तर्गत हातमा सीप हुने तर आर्थिक अभावका कारण व्यावसायिक क्षेत्रमा आउन नसकेका महिलाहरुको निम्ति सो कार्यक्रम लक्षित छ ।
जसमा समूहमा आउने महिलाउद्यमीहरुले बिनाधितो विभिन्न बाणिज्य बैंकहरुमार्फत सहुलियत दरमा १५ लाखसम्म कर्जा पाउने ब्यवस्था रहेको छ ।
लेखनाथ उद्योग बाणिज्य संघअन्तर्गत गठित महिला उद्यमी परिचालन उपसमिति संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा लेखनाथमा भएको कार्यक्रममा संघ अध्यक्ष बलराम ढकालले महिलाहरुलाई ब्यवसायी बनाउने उद्देश्यका साथ आएको कार्यक्रमको उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र बास्तोला र कोषाध्यक्ष जानुका अधिकारी लगायतले यस योजनामा सहभागिता जनाउन महिला दिदीबहिनीलाई सुझाव दिए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१