धमाधम ट्राफिक कारबाही

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७
traffic tanahun

तनहुँ । जिल्ला ट्रफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा विभिन्न सवारीसाधन कारबाहीमा १ करोड ३४ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। कारबाही पर्ने सवारीसाधनमा मोटरसाइकल, कार, जिप, बस र ट्याक्टर बढी रहेका छन्।

यस अवधिमा २१ हजार १ सय ५० वटा सवारीसाधन कारबाहीमा परेका जानकारी जिल्ला ट्रफिक प्र्हरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।

जसमध्ये मादकपदार्थ सेवन गरि चलाइएका ७ सय ४१ सवारीसाधन एवं चालक कारबाहीमा परेका छन् ।

सो कारबाहीमा ७ लाख ४१ हजार रुपैयाँ जम्मा भएको छ।

ट्राफिक प्रहरीले गत आवमा १ करोड ३४ लाख राजस्व संकलन गरेको छ । ६४ दुर्घटनामा ४४ जनाको मृत्यु, गम्भीर घाइते ६७ र साधारण घाइते ८९ जना छन् ।

सवारी नियमविपरीत चलाउने सवारीसाधनबाट ५ हजार २ सय ६१, टिपर र ट्रक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेवापत् ३१ लाख ११ हजार रुपैयाँ राजस्व उठेको छ।

यसैगरुी, ४ हजार ४ सय ११ जिप र बस कारबाहीमा परेका छन् । जसमा २६ लाख २७ हजार जरिवाना संकलन भयो ।

मोटरसाइकल मोडिफाई गर्ने ४ हजार २ सय ८८ साधन कारबाहीबाट ५ लाख ८९ हजार ५ सय राजश्शव संकलन भएको हो।

ट्याक्टर, ट्याक्सी, म्याजिक जस्ता ८ सय ८ सवारीसाधनले सवारी नियम उल्लंघन गरी इजाजत बेगर सवारी चलाएकोमा ती साधनबाट ५ लाख ८५ हजार राजस्व संकलन गरिरएको छ।

लाइसेन्स, ब्लु बुक नभै सवार गरेका ६ हजार ३ सय वटा मोटरसाइकल कारबाहीमा ५२ हजार ६४ सय राजस्व संकलन भएको छ । अन्य ३० वटा विभिन्न सवारीसाधनबाट २१ हजार राजस्व संकलन भएको छ।

गत आर्थिरक वर्ष अवधिभर २१ हजार १ सय ५० सवारीसाधन कारबाहीमा परेका छन्।

गत वर्षमा जिल्लाका विभिन्न स्थानमा सानाठूला गरी ६४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ४४ जनाको मृत्यु भएको छ। जसमध्ये गम्भीर घाइते ६७ र साधारण घाइते ८९ जना छन् ।

लकडाउन अवधिधभर १ लाख ६८ हजार राजश्व संकलन भएको छ भने १३ हजार २ सय वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

लकडाउन अवधि ६ जनाले ज्यान गुमाएका छन् । गम्भीर घाइते ३२ जना रहेका जिल्लला ट्रफिक प्र्रहरी कार्यारलय तनहुँका प्र्हरी प्र्मुख रेशम रानाभाटले जानकारी दिदए।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width