डा. केसीलाई जनताको सेवामा लाग्दा अवरोध नगर्न पोखराका अधिकारकर्मीको माग

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
govinda kc

जनताको सेवामा समर्पित डा. गोविन्द केसी । (फाइल फोटो)

पोखरा, १४ भदौ । डा. गोविन्द केसीलाई जनताको निःशुल्क सेवा गर्नेक्रममा भएको बन्देजविरुद्ध पोखराका अधिकारकर्मीहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
आइतबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले डा. केसीलाई जुम्लामा स्थानीय जनताको निःशुल्क स्वास्थ्य उपचार गर्ने कार्यमा स्थानीय प्रशासनले गरेको बन्देज र धरपकडविरुद्ध निन्दा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि समर्पित डा. केसीविरुद्ध पञ्चायती भिजिलान्ते शैलीमा गरिएको धरपकडको घोरनिन्दा गर्दछौं ।’

कोरोना महामारी कारण अन्य रोगका बिरामीको उपचार समेत प्रभावित बनेको अवस्थामा दुर्गम जिल्लाका नागरिकको मानवीय सेवामा जुटेका स्वयंसेवक डा. केसीमाथि अपमाजनक व्यवहार गर्नु मानवअधिकारको उल्लंघन हो भन्दै निर्वाधरुपमा सेवा गर्ने सहज वातावरण सृजना गर्न माग गरिएको छ।

विज्ञप्तिमा नागरिक समाज कास्कीतर्फबाट इन्द्रकमल मानन्धर, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालकी शशि तुलाचन, सिटिजन्स जुरी कास्कीतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, संयुक्त देशभक्त मोर्चाका तर्फबाट रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका विष्णुहरि अधिकारी, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतम, राईजिङ स्टार युथ क्लबका विष्णुप्रसाद गुरुङ, डेभिजफल क्लबका पुष्प बरालले संयुक्त हस्ताक्षर गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width