बागलुङ । बागलुङ उद्योग बाणिज्य संघले एक पक्षीय रूपमा सम्झौता भंग नगर्न अनुरोध गरेको छ ।
बागलुङ उद्योग बाणिज्य संघले बागलुङ नगरपालिकाले धाैलागिरि फाेहाेर तथा वातावरण सहकारी संस्थासंग गरेको सम्झौता एक पक्षीय रूपमा भंग गरेको भन्दै त्यसलाई तत्काल सच्याउन अनुरोध गरेको हो ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइसलाई लक्षित गरि सरकारले लकडाउन गरेको समयमा बजारमा फाेहाेर मैला संकलन गरि फाल्दै अाएकाे बेला हतारहतारमा गरिएको निर्णय सच्याउन माग गरेका छन् ।
धाैलागिरि अन्चल कै एकमात्र धाैलागिरि फाेहाेर ब्यबस्थापन सहकारी संस्था २०७२ साल देखि काम गर्दै अाएकाे र २०७८ असार मसान्तसम्म नगरपालिका र सहकारी बिच सम्झौताकाे म्यादसमेत बाकी भएको बेला काेराेनाकाे महामारीको बेला नगरपालिकाले गरेको काम सहि नभएको बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ ।
बागलुङ नगरपालिकाले भने सहकारीले काेराेनाकाे समयमा फाेहाेर संकलन नगरेको भनी भएको संम्झाैता भंग गरेको जनाएको छ । सहकारीले भने बागलुङ बजारमा फाहाेर मैला नियमितरूपमा संकलन गरिरहेकाे अहिले उपभोक्ताकाे कुनै गुनासो नभएको धाैलागिरि फाेहाेर ब्यबस्थापन सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बताए ।
बागलुङ सदरमुकाममा धाैलागिरि फाेहाेर ब्यबस्थापन सहकारीले अाफ्नाे सवारीसाधन मार्फत नियमितरूपमा फाेहाेर मैला संकलन गर्दै अाएकाे छ भने सहकारी संग सम्झौता भंग गरेपछि बागलुङ नगरपालिकाले ट्याक्टर भाडामा लिएर फाेहाेर उठाउन थालेपछि अाम उपभोक्तामा काेराेना भाइरस काेभिड १९ काे बेला अन्याैल थपिएको छ ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१