दमौली । व्यास–१२, कमलबारीकी पार्वती पन्थले बुधबार साँझ कुनै जीवले टोकेको महसुस गरिन् । उनलाई उपचारार्थ व्यास ३ स्थित रहेको दमौली अस्पतालमा ल्याइयो । तर रोगविरुद्ध लगाउने भ्याक्सिन समेत उनले पाइनन् । उनलाई चितवनमा रहेको भरतपुर अस्पताल रेफर गरियो ।
‘सर्पले टोकेजस्तो लागेपछि मलाई उपचारार्थ दमौली अस्पताल ल्याइयो,’ पार्वतीले भनिन्, ‘दमौली अस्पतालले यहाँ केही पनि छैन भन्यो । टीटी सुई पनि नहुनु कस्तो अस्पताल हो ?’
जिल्लाका सरकारी अस्पतालमा कुनै जीवले टोकेको बिरामीको उपचारको व्यवस्था नहुँदा अझै जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । दमौली अस्पतालमा प्राथमिक उपचार पाउन पनि मुस्किल छ ।
छिमेकी जिल्ला गोरखा, लमजुङ, र कास्कीका केही भेगका बासिन्दाको आस्थाको केन्द्र सो अस्पतालमा उपचारका लागि आउने बिरामी केही सुविधा नपाउँदा निराश हुँदै फर्कने गरेका छन् । १५ शय्या क्षमताको प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, मानसिक, एचआइभी संक्रमितका लागि एआरटी, क्षयरोग, प्रयोगशाला, स्वास्थ्य बीमा, गर्भवती , खोप, औषधालय लगायत सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा टिटानास औषधि र सुई नहुँदा कैयौँ सर्वसाधारण रित्तै हात फर्किन बाध्य छन् ।
लकडाउनअघिदेखि अस्पतालमा २५ रुपैयाँ पर्ने टिटी सुई नहुँदा सर्वसाधारणले निजी क्लीनिक तथा अस्पतालमा सयौँ गुणा मूल्य तिरेर सेवा लिँदै आएका छन् । खिया लागेका फलामजन्य वस्तुले घोच्दा, कुकुर, मुसा, बिरालो, मान्छेले टोक्दालगायत अवस्थामा ज्यानको सुरक्षाका लागि सुई लगाइन्छ । लकडाउनका कारण टिटी सुईलगायत अस्पतालको औषधालयमा अधिकांश औषधि अभाव हुँदा बीमा गरेकाहरु अझ बढी प्रभावित भएको अस्पतालका प्रशासनले जनाएको छ । टिटी सुई लगाउन भन्दै दैनिक ४ देखि ७ जनासम्म अस्पतालमा आउने गरेको बताइएको छ ।
कतिपयले बाहिर क्लीनिकबाट किनेर ल्याएर लगाएर जाने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रदीपराज अधिकारीले माग गरेको औषधी समयमा नै नआएको कारण सेवा प्रदानमा समस्या भएको बताए । उनले भने, “जनस्वास्थ्य कार्यालय मार्फत औषधी भ्याक्सिन माग गर्छौ तर समयमा नै आउँदैन के गर्ने,” उनले थपे, “समयमै औषधी आएमा बिरामीलाई प्रदान गर्न सकिन्छ ।”
त्यस्तै उनले सर्पले टोकेको एन्टिडोट जिल्लामै नपाउने बताए । उनले भने, “निःशुल्कमा औषधी नआएपछि हामीले शुल्क तिरे पनि बिरामीलाई प्रदान गरेका छौं । तर मुख्य समस्या नै समयमा नै औषधी नआउनु हो ।”
उता, जनस्वास्थ्य कार्यालय तनहँुले चौमासिकको अन्त्यमा अघिल्लो महिनाको अनुपातमा औषधी पठाउने गरेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१