पोखरामा हल्ट प्राइज तयारी

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७७

पोखरा । ‘फूड फर गूड’ नाराका साथ नोभेल एकेडेमी पोखरामा डिसेम्बर पहिलो साता हुने हल्ट प्राइज–२०२०/२१ हुने भएको छ ।

विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त प्रतियोगिता हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त आयोजना गर्दैछन् ।

यो प्रतिस्पर्धा विद्यार्थीका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षकरूपमा रहेको क्याम्पस निर्देशक बरुण क्षत्रीले बताए ।

कार्यक्रमका लागि क्याम्पस निर्देशक क्षत्री र उपनिर्देशक मनमोहन रिमालको संयुक्त संयोजनमा आयोजक समिति समेत गठन भइसकेको छ । रिमालले आगामी कार्यक्रममा विद्यार्थीलाई आवश्यक तालिम व्यवस्था समेत क्याम्पस समितिले गर्ने जानकारी दिए ।

नोभेल एकेडेमी पोखरामा हुने सो कार्यक्रममा विश्वविद्यालयका सम्पूर्ण आंगीक तथा सम्बन्धनप्राप्त क्याम्पसमा स्नातक वा स्नातकोत्तर तहका विद्यार्थीले ३ वा ४ जनासम्मको एउटा समूह बनाई सहभागी हुन पाउनेछन् ।

पूर्वाञ्चल विश्वविद्यालयले २०१८ देखि सो प्रतियोगिता आयोजना गर्दै आएको छ । सो विश्वविद्यालयको सम्बन्धन पोखरामा प्रतिनिधित्व गर्दै यो हल्ट प्राइज पहिलो पटक यहाँ सञ्चालन हुन लागेको कार्यक्रमका सल्लाहकार एवं नोभेल एकेडेमी पोखराका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले बताए ।

कार्यक्रमलाई नोभेल एकेडेमी, नोभेल फाउण्डेसन, युनुश सोसियल बिजनेस सेन्टर, सफल आवाज डटकमले सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोयुसापलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० अर्पण गरिने भएको छ । भैरव सांस्कृतिक…
  • ५३ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता फागुन १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका– १२ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा गरिएको कार्यक्रममा ५३ युनिट रगत…
  • पर्यटकलाई दुख दिने ९ जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा ।  पोखरामा पर्यटकलाई सास्ती दिने ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । मंगलबार पोखरा पृृथ्वीचोक, मुस्ताङचोक क्षेत्रबाट उनीहरुलाई…
  • सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट…
  • पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ…

hero news full width