‘स्थानीय तहका कर्मचारी सरुवा नगर’

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ ।

कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहका पत्रचार गर्न अनुरोध गरिएको हो । गत चैतमा सामान्यले पनि कोभिड–१९ को सङ्क्रमण र विस्तारलाई रोक्नकालागि ‘हाल समायोजन भइ कार्यरत रहेका सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन/पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मी आदर्शको स्वर्ण महोत्सव

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    लेखनाथ । संस्कृतिविद् डा.जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्दति जोगाउनुपर्नेमा जोड दिएका छन् । लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सवअन्तर्गत दोस्रो…
  • मिर्गौला पीडितलाई आर्थिक सहयोग

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । मिर्गौला पीडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम घर भइ हाल पोखरा ६ बस्दै…
  • सूर्यतारा नेकोस खेल महोत्सव हुने

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी र सूर्यतारा क्लबको संयुक्त आयोजनामा पोखरामा खेल महोत्सव हुने भएको छ । चैत…
  • बिग मार्टको पोखरामा ५ शाखा एक साथ

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । बिग मार्टले पोखरामा ग्रान्ड ओपेनिङ गर्ने भएको छ । काठमाडौंमा ९० स्टोर सञ्चालन गरिरहेको बिगमार्टले १९ फागुनमा पोखराको…
  • बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान…

hero news full width