रियल मड्रिड पहिलो पटक युइएफए युथ लिग च्याम्पियन

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
Real Madrid Youth Team

पोखरा । स्पेनिस क्लब रियल मड्रिडको युथ टिम पहिलो पटक युइएफए युथ लिग च्याम्पियन बनेको छ ।

मंगलबार राति स्वीट्जरल्यान्डको नियोनमा भएको फाइनलमा बलियो पोर्चुगिज क्लब बेन्फिकाको युथ टिममाथि ३–२ को कठिन जित निकाल्दै रियल पहिलोपटक युथ लिग च्याम्पियन बनेको हो ।

क्लबका पूर्व फरवार्ड राउल गोन्जालेजको प्रशिक्षणमा रहेको टोलीका लागि रोड्रिग्वेज र गुइटिरेजले गोल गरे । रियलले एक गोल भने आत्मघाती उपहार पाएको थियो । बेन्फिकाको लागि गोन्कालो रामोसले दुई गोल गरेपनि हार टार्न सकेन । रियलका लागि बेनफिकाका हेनरिक जोकुले आत्मघाती गोलको उपहार दिएका थिए ।

खेलको २६ औं मिनेटमा रोड्रिग्वेजको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा हेनरिक जोकुले आत्मघाती गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

त्यस्तै, ४९ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई खेलमा फर्काए । तर, त्यसको एक मिनेटपछि नै गुइटिरेजले गोल गर्दै रियललाई खेलमा ३–१ ले अग्रता दिए । त्यसर्त ५७ औं मिनेटमा गोन्कालोले अर्काे गोल थप्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

खेलको ६८ औं मिनेटमा बेन्फिकाले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर गुमायो । टियागो डान्टसको पेनाल्टीलाई रियल मड्रिडका गोलरक्षक लुइस लोपेजले बचाउँदै बराबरी हुनबाट बचाए । त्यसपछि, बेनफिकाले थप गोल निकाल्न नसक्दा रियल ३–२ ले विजयी बन्यो ।

बेन्फिका तीन संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बनेको छ । बेन्फिका पहिलो संस्करणमा बार्सिलोना र चौथो संस्करणमा रेडबुल साल्जवर्गसँग पराजित बनेको थियो । युइएफएले प्रि–क्वाटरफाइनलको २ खेलदेखि सबै खेल स्वीट्जरल्यान्डको नियोनमा १६ देखि २५ अगस्टसम्म क्लोज डोरमा आयोजना गरेको थियो ।

युइएफएले युवा खेलाडी उत्पादनको परियोजनालाई ध्यानमा राख्दै २०१३ बाट युथ लिगको अवधारणा अघि सारेको थियो । युथ लिग बार्सिलोना र चेल्सीले समान २/२ पटक जितेका छन् । साल्जबर्ग र पोर्टाेले समान १/१ पटक जितेका छन् ।

तस्बीरहरु : एजेन्सीबाट साभार

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width