सुपर कप फुटबल हेर्न ३० प्रतिशत दर्शकलाई मात्र रंगशाला प्रवेश गराइने युइएफएको निर्णय

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
Super Cup

युइएफए डट कम एजेन्सीबाट तस्बीर साभार

पोखरा । युइएफए सुपर कप फुटबलको ३० प्रतिशत दर्शकले मात्र फाइनल खेल हेर्न पाउने भएका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई मात्र रंगशालामा प्रवेश गर्न दिने निर्णय गरेको हो ।

जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभियाबीच हुने सुपर कप हंगेरीको राजधानी बुडापेस्टको पुस्कस एरिनामा सेप्टेम्बर २४ मा हुनेछ ।

सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा बायर्न म्युनिखले च्याम्पियन्स लिग र सेभियाले युरोपा लिगको उपाधि जितेका थिए ।

युएइएफएले अन्य खेलहरू भने बन्द रंगशालामै खेलाउने निर्णय गरेको छ । तर, केही दिनअघिबाट शुरू भएको फ्रेन्च लिग वानका खेलहरू हेर्न भने ५ हजार दर्शकलाई मात्रै रंगशालामा प्रवेश गराइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width