जिल्ला अस्पताल सञ्चालनमा

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७७
Syangja Hospitasl

वालिङ । स्याङ्जा जिल्ला अस्पतालको सेवा मंगलबारदेखि पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै गत मंलबारदेखि साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।

“यहाँ अस्पतालमा उपचार गरिएका ६० वर्षीय एक कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो” मेसु मरासिनीले भने, “कन्ट्याक ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पिसिआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।”

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी गत मङ्गलबारबाट बन्द गरिएको सेवा अस्पतालको निर्मलीकरणपछि सञ्चालन गरिएको मेसु मरासिनीले बताए ।

कारागारमा बस्दै आएका ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन सञ्चालक, सुरक्षाकर्मी, फार्मेसीलगायतको कन्ट्याक ट्रेसिङ गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width